२०८३ वैशाख ५ , शनिबार

रवि लामिछाने र बालेन शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई



काठमाण्डौ – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहसहित पार्टीलाई भर्खरैको आमचुनावमा प्राप्त सफलताका लागि बधाई ज्ञापन गरेका छन् । रास्वपा नेताद्वयलाई दिएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले यो जनादेश नेपाली नागरिकले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरे।

सन्देशमा उनले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको उल्लेख समेत गरेका छन् ।

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार
अरु पनि पढ्नुहोस्