२०८३ वैशाख ५ , शनिबार
घटनामा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ

इनिसा वि.क. हत्या प्रकरण: छिटो र निष्पक्ष छानविन गर्न आफन्तको माग

अनुसन्धानमा कुनै कमी कमजोरी हुन नदिने प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाई



सुर्खेतको गुभाकोट नगरपालिका ६ की इनिसा वि.क.को हत्या प्रकरणमा छिटो र निष्पक्ष छानविनको माग गर्दै मृतकका परिवार र आफन्तले विरोध प्रदर्शन गरेका छन् । बुधबार वीरेन्द्रनगरमा  र्याली निकाल्दै उनीहरूले प्रशासन समक्ष ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जगदीश्वर प्रसाद उपाध्यायले घटनाको अनुसन्धानमा कुनै कमी कमजोरी हुन नदिने र कानुन बमोजिम कारबाही गरिने बताएका छन् ।

फागुन २३ गते बिहान ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किएकी इनिसा वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा बेहोस अवस्थामा फेला परेकी थिइन् ।
उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।
मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आशंकामा कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी उजुरी दिएका छन् ।
घटनामा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । आरोपित चारै जना १८ बर्ष मुनिका किशोर रहेको प्रहरीको भनाई छ ।
मृतकका परिवार र आफन्तले भने आरोपितहरुको उमेर घटाएर कम सजाए दिलाउने चलखेल भैरहेको आरोप लगाएका छन ।
यता प्रहरीले भने घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेकोले र अनुसन्धानमा आशंक नगर्न जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएसपी माेहनज‌ंग बुढथापाले आग्रह गरे ।
पाँच दिनसम्म पनि परिवारले परिवारले शव बुझेको छैन । घटनाको छिटो र निश्पक्ष अनुसन्धान भएर सत्य तथ्य बाहिर नआएसम्म शव नबुझ्नै परिवारको अडान छ ।

प्रकाशित मिति : २०८२ फागुन २७ गते बुधबार
अरु पनि पढ्नुहोस्