२०८३ मंसिर ५ , शनिबार

सुनको मूल्य एकै दिन १२ हजार २०० रुपैयाँले घट्यो



नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। यस दिन सुन तोलामा १२ हजार २०० रुपैयाँ र चाँदी २२५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार एक तोला सुन २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा झरेको छ। बिहीबार सोही परिमाणको चाँदी ३ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा ठूलो गिरावट आएसँगै नेपाली बजारमा पनि तिहारपछि मूल्य निरन्तर ओरालो लागिरहेको छ। तथ्यांकअनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १५६.९५ अमेरिकी डलर ९४.२६ प्रतिशत० ले घटेर ३,५२७.३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी पनि प्रतिऔंस ३.१४ अमेरिकी डलर ९७.०५ प्रतिशत० ले घटेर ४१.३२ अमेरिकी डलरमा झरेको छ।

 

प्रकाशित मिति : २०८३ मंसिर ४ गते शुक्रबार
अरु पनि पढ्नुहोस्