२०८३ मंसिर ६ , आइतबार

नवनियुक्त तीन देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ



 नवनियुक्त तीन देशका राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ लिनेमा भारतका लागि डा। निश्चलनाथ पाण्डे, चीनका लागि डा। कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन् । राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८३ कात्तिक ३० गते सोमबार
अरु पनि पढ्नुहोस्