२०८३ वैशाख ४ , शुक्रबार

कर्णालीका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना



सुर्खेत- जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार अर्थात् आज कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको हल्का प्रभावका कारण मौसम परिर्वतन हुने अवस्था देखिएको हो ।
सोमबार दिउँसो कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी तथा हिउँपर्न सक्ने अनुमान गरिएको छ। यसका साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा पनि हल्का पानी पर्नेे सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार आज सोमबार राति पनि कर्णाली प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का पानीपर्न सक्ने सम्भावना रहेको छ।
यसअघि आज सोमबार बिहानदेखी कोशी र बागमती प्रदेशका एक–दुई स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

प्रकाशित मिति : २०८२ फागुन २५ गते सोमबार
अरु पनि पढ्नुहोस्