
फागुन २४ सुर्खेत
गएको फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणामले कर्णाली प्रदेशको राजनीतिक सन्तुलनमा नयाँ चित्र देखाएको छ। प्रदेशका कुल १२ निर्वाचन क्षेत्रमध्ये ५ सिट जित्दै नेपाली कांग्रेस प्रदेशको सबैभन्दा ठूलोदल बनेको छ भने अन्य दलहरूबीच सिट बाँडफाँट हुँदै बहुदलीय प्रतिस्पर्धाको अवस्था देखिएको छ ।
निर्वाचन परिणामअनुसार नेपाली कम्युनिस्ट पार्टीले ४ सिट जित्दै दोस्रो स्थान सुरक्षित गरेको छ। त्यस्तै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले भने एक–एक सिट जितेका छन्। ।
देशभरको मतपरिणाम बाट पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी कर्णालीमा भने एक सिटमै सीमित भएको छ ।
कांग्रेसका तर्फबाट मुगुमा खड्ग शाही, हुम्लाबाट जयपति रोकाय, जाजरकोटबाट खड्कबहादुर बुढा, दैलेख–१ बाट वासना थापा तथा सुर्खेत–१ बाट विष्णु बहादुर खड्का निर्वाचित भएका छन्। ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट कालिकोटमा महेन्द्रबहादुर शाही, सल्यानमा रमेश मल्ल, रुकुम पश्चिममा गोपाल शर्मा र डोल्पामा धनबहादुर बुढा निर्वाचित भएका छन्। ।
अन्य दलतर्फ जुम्लाबाट ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट विजयी भएका छन् भने दैलेख–२ बाट लक्ष्मीप्रसाद पोखरेल नेकपा एमालेका तर्फबाट निर्वाचित भएका छन्। यस्तै सुर्खेत–२ बाट रमेश सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट विजयी भएका छन्। ।
यस पटकको परिणामले कर्णालीमा कांग्रेस अग्रस्थानमा देखिए पनि अन्य दलहरूबीच सिट विभाजन हुँदा प्रदेशको राजनीतिमा प्रतिस्पर्धा अझै बलियो रहेको संकेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्