२०८३ भदौ २६ , शुक्रबार

जग्गा विवादमा भाइलाई मोसो दल्ने सहाेदर दाइ पक्राउ



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जग्गा विवादका कारण आफ्नै भाइको अनुहारमा मोसो दल्ने एक जना पक्राउ परेका छन् ।
मंगलबार बिहान वीरेन्द्रनगर नगरपालिका–२ टेम्पोपार्कमा ६७ वर्षीय लक्ष्मण प्रसाद शर्माले आफ्ना सहोदर दाइ ६३ वर्षीय नारायण प्रसाद शर्माको अनुहारमा कालो मोसो दलेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त भएपछि बाङ्गेसिमल प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक टिकाराम थापाको कमाण्डमा खटिएको टोलीले लक्ष्मण प्रसाद शर्मालाई घटनास्थलबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका शर्मालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार
अरु पनि पढ्नुहोस्