२०८३ भदौ २६ , शुक्रबार

कर्णाली राजमार्ग अवरुद्ध हुँदा साढे दुई करोडको स्याउ बाटोमै रोकियो



सुर्खेत – पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लाको स्याउ बाटोमै रोकिएको छ ।जुम्लाको स्याउ बोकेका गाडी बाटोमै अलपत्र परेका हुन् । झण्डै साढे दुई करोड रुपैयाँ बराबरको स्याउ बाटोमा रहेको अनुमान छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार स्याउ लोड भएका ४०/४२ वटा गाडी छन् ।

स्याउ लामो समयसम्म बाटोमै रोकिए कुहिने जोखिम रहेको किसानको दुखेसो रहेको छ । पहिरोले कर्णाली राजमार्गको जुम्ला–कालीकोट–दैलेख सडक खण्ड हिजोदेखि अवरुद्ध छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार कालीकोटको पिलीमा भत्किएको सडकलाई अस्थायी रूपमा खोलिएको छ ।तर कालिकोटको गगने खोला, एस मोडमा पहिरोले सडक अवरुद्ध छ । एस मोडमा पहिरो तथा ढुंगा अनि गगने खोलामा लेदोसहितको पहिरो झर्नेक्रम रोकिएको छैन । सडक अवरुद्ध तथा जोखिमपूर्ण रहेको हुँदा खुलेको आधिकारिक सूचना नआउँदासम्म यात्रा नगर्न प्रहरीको आग्रह छ ।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार
अरु पनि पढ्नुहोस्