२०८३ भदौ २६ , शुक्रबार

भोटेकोशी बाढी अपडेट : एक हजार २५२ जनाको शव भेटियो, अझै चार हजार २१६ जना सम्पर्कविहीन




काठमाण्डाै । भदाै १० गते बुधवार रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये एक हजार २५२ जनाको शव भेटिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहीबार दिउँसो १२ बजेसम्मको अध्याविधिक तथ्यांक अनुसार ८ जिल्लामा यी शव भेटिएका हुन् ।
प्राधिकरणका अनुसार अहिलेसम्म रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ वटा शव भेटिएका छन् । अझै चार हजार २१६ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएकाे छ ।

यस्तै बाढीमा परेर घाइते भएका पाँच हजार १३५ जनामध्ये ३०१ जना उपचारपछि डिस्चार्ज भएका छन् । बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतको काम चलिरहेको छ । यसमा २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन भएका छन् । अहिलेसम्म ११ हजार ९९३ जनाको उद्धार भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १८ गते बिहीबार
अरु पनि पढ्नुहोस्