आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ ।गत बुधबार रसुवाको भोटेकोशीमा गएको भीषण बाढीका कारण देश शोक र विपत्तिमा परेको भन्दै विभागले भदौ १६ गतेका लागि तय गरेको कार्यक्रम स्थगित गरिएको हो ।
विभागका अनुसार स्थगित भएको भदौ १६ गतेको १५ दिनको विजेता तथा भदौ महिनाको विजेतासमेत आगामी असोज १ गते एकैपटक घोषणा गर्ने निर्णय गरिएको छ ।
रसुवा र नुवाकोटमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति संवेदनशील हुँदै कार्यक्रम स्थगित गरिएको विभागले जनाएको छ। उक्त निर्णयबारे अर्थ मन्त्रालयको सचिवालयले समेत जानकारी गराएको छ।
प्रकाशित मिति : २०८३ भदौ १७ गते बुधबार

प्रतिक्रिया दिनुहोस्