सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले भोटेकोशी बाढीपीडितको राहतका लागि दुई लाख २५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
कांग्रेस कर्णाली प्रदेश संसदीय दलका सदस्यहरूबाट भोटेकोशी बाढीपीडितको राहतका लागि सहयोगस्वरूप संकलन गरिएको दुई लाख २५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको कांग्रेस संसदीय दलले जनाएको छ।
यस्तै, नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलले पनि भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि संसदीय दलका सदस्यहरूबाट जनही १५ हजार रुपैयाँका दरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : २०८३ भदौ १५ गते सोमबार

प्रतिक्रिया दिनुहोस्