२०८३ वैशाख ५ , शनिबार

टी–२० विश्वकपः क्यानडामाथि यूएईको जित

यूएईले क्यानडालाई ५ विकेटले हराएको हो


काठमाडौं । टी–२० विश्वकप अन्तर्गत समूह चरणको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले क्यानडालाई पराजित गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा यूएईले क्यानडालाई ५ विकेटले हराएको हो । १५१ रनको लक्ष्य यूएईले १९.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । यूएईको जितमा आर्यान्स शर्मा र सोहेब खानले विष्फोटक ब्याटिङ गरे । दुबैले अर्धकतक बनाए । शर्माले ५३ बलमा ७४ रन जोडे भने खानले २९ बलमा ५१ रनको योगदान दिए ।

बलिङतर्फ क्यानडाका साद बिन जाफरले तीन तथा जास्करन सिंह र कलिम सानाले एक–एक विकेट लिए । त्यसअघि दिल्लीस्थित अरुण जेटली स्टेडियममा टस जितेर ब्याटिङ थालेको क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १५० रन बनायो ।

उसका लागि हर्ष ठाकेरले अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ३ छक्का र २ चौका प्रहार गर्दै ५० रन बनाए । यस्तै, नवनीत धालिवालले ३४, श्रेयस मोव्वाले २१ तथा दिलप्रीत बजवाले ११ रन जोडे ।

बलिङतर्फ यूएईका जुनैद सिद्धिकी एक्लैले चार ओभरमा ३५ रन खर्चेर पाँच विकेट लिए । मुहम्मद जवादुल्लाहले एक सफलता हात पारे ।

यसअघिको खेलमा क्यानडा दक्षिण अफ्रिकासँग ५७ रनले पराजित भएको थियो भने यूएई न्यूजिल्यान्डसँग १० विकेटले हारेको थियो ।

प्रकाशित मिति : २०८२ फागुन १ गते शुक्रबार
अरु पनि पढ्नुहोस्