२०८३ साउन १२ , मंगलबार

सुर्खेतको लेकबेशी नगरपालिका जिप दुर्घटना, १२ जना घाइते



सुर्खेत : जिल्लाकाे लेकबेशी नगरपालिका वडा ५ र ६ को सिमानास्थित हलकन्डरामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

मंगलबार बिहान करिब १० बजे डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ख ५४० नम्बरको मुस्ताङ जिप उकालो सडकमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक २३ वर्षीय दिपेश पुन सहित १२ जना घाइते भएका छन्।

दुर्घटनामा लेकबेशी नगरपालिका–४ का २३ वर्षीय चालक दिपेश पुन घाइते भएका छन्। त्यसैगरी लेकबेशी नगरपालिका–६ की २२ वर्षीया सुष्मा कार्की, २६ वर्षीया तिल्सरा सिरिस, करिब ७० वर्षीया अमृता कार्की,  ७० वर्षीया खगिसरा विक, ७ वर्षीय दर्शन विक,  २५ वर्षीया जुना सुनार, ३० वर्षीया उमा राना,  २३ वर्षीया मिना परियार,  २८ वर्षीया गीता सुनार,  २७ वर्षीया दिलमाया विक र  २८ वर्षीया समीक्षा विक घाइते भएका छन्।

प्रहरीका अनुसार सुष्मा कार्की, तिल्सरा सिरिस, अमृता कार्की र खगिसरा विकको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि माया नर्सिङ होम, सुर्खेत पठाइएको छ। दर्शन विक, जुना सुनार र उमा राना, मिना परियार, गीता सुनार, दिलमाया विक र समीक्षा विकको अवस्था सामान्य रहेको छ। उनीहरूमध्ये केहीको माया नर्सिङ होम र केहीको दशरथपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
दुर्घटनाको जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट नेटा र इलाका प्रहरी कार्यालय लेकबेशीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार
अरु पनि पढ्नुहोस्