मुगुमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यू भएको छ भने दुई जना घाइते भएका छन् । मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ५ मा रहेको पुलु बजारमा पहिरोले घर पुरिँदा रारा नगरपालिका वडा नम्बर १३ का ३२ वर्षीय जगनाथ बडुवाल र उहाँकी २७ वर्षीया श्रीमती सृजना बडुवाल घाइते भएका हुन् ।
उनिहरुको तीन वर्षीय छोरा रमेश बडुवालको मृत्यूभएको हो । बडुवाल दम्पतीले स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार पहिरोका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । जोखिमका कारण अरू ८ घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।
प्रकाशित मिति : २०८३ साउन ९ गते शनिबार

प्रतिक्रिया दिनुहोस्