२०८३ साउन ९ , शनिबार

स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगियो



धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि  सेती प्रादेशिक अस्पतालको लगिएको छ । डा. केसीको रगतमा चिनीको मात्रा घटेर ५० पुगेको र रक्तचापमा पनि उतारचढाव देखिएपछि डाक्टरको सल्लाहमा उनलाई अस्पताल लगेको केसीका सहयोगी डा। अमृत जैसीले जानकारी दिए । उनका अनुसार केसीलाई मांसपेशी बाउँडिने र हिँडडुल गर्न नहुने लगायत समस्या आएको छ ।

डा. केसीविरुद्ध स्थानीयवासीले भने विरोध प्रदर्शन गरिरहेका छन् । अनशन स्थलमै पुगेर उनीहरूले तत्काल अनशन तोड्नुपर्ने दबाव दिँदै नाराबाजी गरेका हुन् । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनै लाग्दा डा. केसीलाई प्रयोग गरेर स्वार्थ समूहले अवरोध सिर्जना गर्न खोजेको स्थानीयवासीको आरोप छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आवाज उठाउँदै आएका अभियन्ता डा। केसीले सरकारले विगतका सम्झौता र आफ्ना मागहरूप्रति बेवास्ता गरेको भन्दै बिहीबारदेखि कैलालीको धनगढीमा २४औँ सत्याग्रह शुरु गरेका हुन् ।

प्रकाशित मिति : २०८३ साउन ९ गते शनिबार
अरु पनि पढ्नुहोस्