काठमाडौंको चोभार क्षेत्रमा आगलागी भएको एक निजी कारभित्र चालक मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालक सीट बेल्ट बाँधेको अवस्थामा मृत फेला परेका हुन्। मृतकको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त कारमा चालकबाहेक अन्य कुनै पनि व्यक्ति सवार थिएनन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।मृतकको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी भइरहेको र आगलागीको कारणबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्