२०८३ वैशाख ५ , शनिबार

लागु पदार्थ सेवन गरी गाडी चलाउने ६ जना पक्राउ



सुर्खेत । लागू पदार्थ सेवनगरि सवारी चलाएका ६ जनालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय सुर्खेतबाट खटिएको संयूक्त चेकिङ टोलीले साेमबार चेकजाँचका क्रममा वीरेन्द्रनगर ११ बाट उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे ।
सुर्खेत प्रहरीले केही दिन अघिबाट सवारीका चालकहरुलाई टेष्ट किटबाट चेकजाँच थालेकाे छ ।
पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिका वडा नं.०८ बस्ने २८ बर्षका अजय थापा, वीरेन्द्रनगर नगरपालिका वडा नं.११ सुर्खेत बस्ने २५ बर्षका कासीराम डाँगी, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं.७ का २४ बर्षका हिक्मत शाही र साेही ठाउँका २५ बर्षका जीवन शाही, वीरेन्द्रनगर नगरपालिका वडा नं.११ का २५ बर्षका प्रकाश वि.क र दैलेखकाे गुराँस गाउपालिका वडा नं..०४ का २५ बर्षका डिल बहादुर वि.क रहेकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका चालकहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भईरहेको डिएसपी माेहनजंग बुढथापाले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०८२ माघ २६ गते सोमबार
अरु पनि पढ्नुहोस्