जाजरकोटको शिवालय गाउँपालिकामा भीरबाट लडेर एक किशोरी घाइते भएकी छन्। आइतबार बिहान घर नजिकै रहेको हरियाली सामुदायिक वनमा घाँस काट्ने क्रममा शिवालय गाउँपालिका–७ खिर्राका १६ वर्षीया सिता कठायत भीरबाट लडेर घाइते भएकी हुन्।
उनी स्थानीय चन्द्रबहादुर कठायतकी छोरी हुन्। भीरबाट लड्दा उनको खुट्टा, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
घाइते कठायतको हाल शिक्षण अस्पताल दशबिगाह कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार

प्रतिक्रिया दिनुहोस्