२०८३ साउन ६ , बुधबार

आज साउनको पहिलो सोमबार, शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो



सुर्खेत : साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि सुर्खेत लगाएत देशभरका शिव मन्दिरहरुमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ।
साउने सोमबारका अवसरमा शिव मन्दिरमा भक्तजन बिहानदेखि पूजा एवं दर्शनका लागि लाइनमा बसेका छन्।  साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ।

आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास भएकाले विशेष गरी महिला भक्तजनको भीड लागेको छ। पहेलो, रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले शिव मन्दिरहरु भरिभराउ छन्।

विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ। सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको छ। यस वर्ष साउनमा चार वटा सोमबार परेको छ। साउन ४, ११, १८ र २५ गते सोमबार परेको छ।

 

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार
अरु पनि पढ्नुहोस्