काठमाण्डौ : काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीको अन्त्येष्टि भएको छ । मृतकका परिवारले आज जिल्ला प्रहरी वृत्त कालीमाटीमा जाहेरी दर्ता गराएपछि शव बुझेर पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका हुन् । जाहेरीमा कसैलाई पनि प्रतिवादी किटान गरिएको छैन ।
काठमाण्डौ महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि घटना भएको थियो । यसअघि हिजो नेपालीका परिवार र सरकारबीच सहमति भएको थियो । सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिने भएको छ ।
प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार

प्रतिक्रिया दिनुहोस्