काठमाडौं : सरकारले किसानलाई योगदानमा आधारित पेन्सन दिने प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’मा किसान परिचयपत्रका आधारमा वास्तविक किसानलाई मात्रै अनुदान, सहुलियत ऋण, सामाजिक सुरक्षा र अन्य सेवासुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ।
सरकारले कृषि क्षेत्रलाई सम्मानजनक र आत्मनिर्भर बनाउने लक्ष्यसहित किसान क्रेडिट कार्ड, कृषि बीमा, भूमिहीन तथा साना किसानका लागि विशेष सहयोग, रासायनिक मल कारखाना स्थापना, सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि गर्ने योजना पनि अघि सारेको छ।
सरकारका अनुसार यी प्रतिबद्धतामध्ये केही आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश भइसकेका छन् भने बाँकी विषय क्रमशः कार्यान्वयन गरिनेछ।
प्रकाशित मिति : २०८३ असार २८ गते आइतबार

प्रतिक्रिया दिनुहोस्