
सर्खेत। निर्वाचन शान्ती सुरक्षा खलल पुर्याएकाे भन्दै सर्खेतमा द डेन्जरस स्कूल समूह (THE DANGEROUS SKULL) समुह पक्राउ परेकाे छ ।
कालाे र सेताे झण्डासहित वीरेन्द्रनगर न.पा. ११ धुलियाबिट नजिकै तिनकुने चोक हुँदै धुलियाबिट तर्फ जाँदै गरेको अवस्थामा शनिबार दिउसाे पाैने ३ बजे सुर्खेत पेरहरीले समूहका २५ जनालाई पक्राउ गरेकाे हाे ।

वीरेन्द्रनगर ३ तातापानी सुर्खेतको द डेन्जरस स्कूल समूह नामक युवा क्लबका युवाहरुले स्थानिय प्रशासनको अनुमती बिना कालो सेतो रङको झण्डा बोकी मोटरसाइकल र्याली निकाली हो-हल्ला तथा सार्बजनिक शान्ति खलल गर्ने, आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को आचार संहिता तथा निर्वाचन कानुनले निषेध गरेको कार्य गरी शान्ति सुरक्षामा खलल गरेको प्रारम्भिक रुपमा पाईएकोले पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएकाे छ ।

८ वटा माेटरसाइकल र ४ वटा स्कुटी सहित उनीहरूलाई जि.प्र.का. सुर्खेत तथा नगर प्रहरी कार्यालयबाट खटिएको ३० जनाको प्रहरी टोलीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिई जि.प्र.का. सुर्खेतमा ल्याई राखिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्