२०८३ साउन ७ , बिहीबार

कर्णालीमा खसेको मिनी बस र यात्रुको अवस्था अझै अज्ञात, हेलिकोप्टरदेखि ड्रोनसम्म परिचालन



सुर्खेत : दैलेखको कर्णाली नदीमा खसेको मिनी बस दुर्घटनाको चार दिन बितिसक्दा पनि दुर्घटनाग्रस्त गाडी फेला परेको छैन । कर्णालीमा यतिखेर उच्च पानीको बहाव र धमिलो नदीका कारण खोजी कार्य प्रभावित भएको छ । सुर्खेतबाट कालीकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको मिनी बस ९फोर्स० बिहीबार बिहान करिब ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साँगेतडा सडकबाट कर्णाली नदीमा खसेको थियो । आइतबारसम्म पनि गाडीको अवस्था र त्यसमा सवार यात्रुको यकिन विवरण खुल्न सकेको छैन ।

नदीमा अत्यधिक बहाव र धमिलो पानीका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार हालसम्म दुर्घटनास्थलदेखि तलका सम्भावित क्षेत्रमा नियमित खोजी भइरहे पनि गाडी फेला परेको छैन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हेलिकोप्टर, ड्रोन तथा जल उद्धार टोली परिचालन गरेर खोजीलाई निरन्तरता दिएका छन् । १७६ जना सुरक्षाकर्मी परिचालन गरि खोजी भईरहेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतबार
अरु पनि पढ्नुहोस्