२०८३ साउन ७ , बिहीबार

वीरेन्द्रनगर नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न, व्यवस्थित विकास र प्रभावकारी सेवा प्रवाहको प्रतिबद्धता




सुर्खेत, १८ असार ।
वीरेन्द्रनगर नगरपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम विहीबार सम्पन्न भएको छ ।
आर्थिक बर्ष २०८२÷०८३ मा सञ्चालन गरेका योजना कार्यक्रम तथा सेवा प्रवाहका विषयमा जानकारी दिने र सेवाग्राहीका गुनासा समाधान गर्ने उद्देश्यले सार्बजनिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा सेवा प्रवाह, विकास निर्माण र वीरेन्द्रनगरलाई व्यवस्थित सहरका वनाउनका विभिन्न विषयमा छलफल भएको छ । सहभागीहरुले वीरेन्द्रनगर नगरपालिका भित्र सरसफाइको अवस्था सुधार गर्नुपर्ने, सडक मर्मत, पार्क सुधार, फुटपाथ व्यवस्थापन, खानेपानी सुधार, ल्याण्ड फिल्ड साइडलाई व्यस्थित गर्नुपर्ने, विन्नि सडक आसपासका क्षेत्रमा हुने डुवान रोक्न नाला तथा ढल सुधार, नेवारे, इत्राम, खोक्रे लगायत खोलाहरुमा पुल तथा कल्पर्ट निर्माण गर्नुपर्ने, मुख्य राजमार्ग हाइवे तलतिर र उपत्यका माथिका पहाडी वडाहरुको व्यवस्थित विकासमा ध्यान दिनुपर्ने लगायतका सवालहरु उठाएका छन् । जवाफमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरले प्रथम पञ्च बर्षिय योजना निर्माण गरेर व्यवस्थित विकास अगाडी बढाएको बताइन । जसले आगामी दिनमा वीरेन्द्रनगरको योजनाबद्ध विकासमा मार्गदर्शनका रुपमा काम गर्ने उनले बताइन । राजमार्गभन्दा तल्लो क्षेत्रमा भूउपयोग नीति निर्माण गर्नुभन्दा पहिला पलटिङ्ग गरिएका ठाउँमा समस्या देखिएकोले अहिले व्यवस्थित गर्न आफूहरु लागिरहेको नगर प्रमुख ढकालले बताइन । उनले खानेपानी समस्या समाधानका लागि भेरीको लिफटिङ्ग आयोजना निर्माणको चरणमा रहेको जानकारी गराउदै ढकालले अबको दुई बर्षमा खानेपानी समस्या समाधान हुने जानकारी दिइन । यस्तै ल्याण्ड फिल्ड साइडको डिपिआर अनुसार ४ बर्षमा सम्पन्न गर्नेगरी संघीय सरकारको सहकार्यमा करिब ३८ करोड रुपैँया बराबरको काम हुन लागेको उनले जानकारी दिइन । यस्तै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद बासकोटाले सेवा प्रवाहको अवस्था बारे जानकारी दिँदै उपलब्ध स्रोत साधनबाट अधिकतम सेवा प्रवाह गरिरहेको बताए । उनले नगरपालिकाको सेवालाई पूर्ण डिजिटल बनाउने गरी काम भैरहेको बताए । अब कुनै पनि कामका फाइल बढीमा सात दिन भन्दा बढी वडामा नरोकिने नीति लिएको जानकारी दिँदै डिजिटल रुपबाटै गुनासो सुनुवाइको पनि व्यवस्था गरिने उनले बताए । नगरपालिकाको कार्यालय नयाँ भवनमा सरेपछि एकद्वार सेवा प्रवाह सुरु गरिने जानकारी दिए ।


कार्यक्रममा सहभागी सेवाग्राहीहरुले उठाएका जिज्ञासा तथा सवालहरुलाई गम्भिरतापूर्वक लिएर समाधान गर्ने प्रतिबद्धता गरिएको छ । नगरपालिकाका प्रशास शाखा प्रमुख टंक प्रकाश लामिछानेले सामाजिक जवाफदेहिता वहन गर्नेक्रममा नगरपालिकाले सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण, सार्बजनिक परिक्षण लगायत कार्यक्रम गर्दै आएको बताए । गुड अप्सन नेपाल सुर्खेतले सहजीकरण गरेको उक्त कार्यक्रममा नगर उपप्रमुख निलकण्ठ खनाल, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु, विभिन्न समितिका संयोजक एवं सदस्यहरु, सरोकारवाला संघ संस्था तथा नागरिक समाजका प्रतिनिधि लगायत सेवाग्राहीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार
अरु पनि पढ्नुहोस्