२०८३ साउन ७ , बिहीबार

मदन भण्डारीको जन्मजयन्ती कार्यक्रममा ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिँदै



काठमाण्डौ : तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । भण्डारीको जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले आज दिउँसो काठमाण्डौको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

यो कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहितका नेताहरू सँगै देखिने भएका छन् । कार्यक्रमको प्रमुख आतिथ्य पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने बताईएको छ । ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक कार्यक्रममा नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

शीर्ष नेताहरूसहित हुन लागेको यो कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ । मदन भण्डारीको जन्म २००९ साल असार १४ ताप्लेजुङमा भएको थियो भने निधन २०५० साल जेठ ३ दासढुंगा, चितवनमा गाडी दुर्घटनामा भएको थियो ।

प्रकाशित मिति : २०८३ असार १४ गते आइतबार
अरु पनि पढ्नुहोस्