२०८३ वैशाख ५ , शनिबार

२७ सय विन्दुमा पुग्याे नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.१९ अंकले बढेर २ हजार ७ सय ८ .७० विन्दुमा पुगेको छ ।

यस साताको अन्तिम काराेबार दिन बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ४९ करोडको कारोबार भएकोमा बिहीबार ३ सय २६ वटा कम्पनीका ३ करोड ५५ लाख कित्ता सेयर ११ अर्ब ५८ करोडमा किनबेच भएको छ ।

बिहीबार २ सय १ वटा कम्पनीको सेयर बढेकोमा ५५ वटा कम्पनीको घटेको छ । यस्तै, ४ वटा कम्पनीको सेयर घटबढ भएको छैन । बिहीबार व्यापार बाहेक सबै समूहको सेयर बढेकोमा निर्जीवन बीमा र अन्य समूहको सेयर झण्डै २ प्रतिशतले बढेको छ ।

बिहीबार कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जी कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बिहीबार सुपर मादी हाइड्रोपावर कम्पनीको सेयर भने झण्डै १० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार
अरु पनि पढ्नुहोस्