२०८३ जेठ २२ , शुक्रबार

दैलेखमा बुबाको कुटाइबाट छोराको मृत्यु



दैलेख : दैलेखमा पारिवारिक विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको नारायण नगरपालिका–९ सालखर्कमा बुबाको कुटपिटबाट ४४ वर्षीय छाेरा यादव थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ७३ वर्षीय कविराज थापाले गएराति पारिवारिक विवादका क्रममा आफ्ना छोरा यादवमाथि कुटपिट गरेका थिए। कुटाइबाट यादवको गर्धन, पाखुरा लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो। गम्भीर घाइते भएका यादवलाई उपचारका लागि दैलेख अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएकाे छ। घटनापछि प्रहरीले कुटपिटमा संलग्न कविराज थापालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेठ २० गते बुधबार
अरु पनि पढ्नुहोस्