२०८३ जेठ २२ , शुक्रबार

दिल्ली पुगेका लामिछानेले आजदेखि भेटघाट तथा अन्तरक्रिया थाल्दै



काठमाण्डौ : भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणका लागि दिल्ली पुगेका रवि लामिछानेले आजदेखि भेटघाट र अन्तरक्रिया थालेका छन् ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने पाँच दिने भारत भ्रमणका लागि हिजो दिल्ली पुगेका हुन् । लामिछानेले भाजपा मुख्यालयमा आज भाजपाका अध्यक्ष नितिन नवीनसहित पार्टी पदाधिकारीसँग भेट्ने कार्यक्रम छ । नयाँ दिल्लीमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

गएको फागुन २१ मा भएको प्रतिनिधिसभा चुनावबाट झन्डै दुई तिहाइ सिट जितेर रास्वपाले सरकार बनाएको दुई महिनापछि सभापति लामिछाने भारत भ्रमणमा गएकाहुन्। अहिले दुई देशबीच सीमाको विषयमा बहस भइरहेका बेला लामिछानेको यो भारत भ्रमणलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

 

प्रकाशित मिति : २०८३ जेठ १९ गते मंगलबार
अरु पनि पढ्नुहोस्