सुर्खेत । आज बिहान तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सुरकुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज बिहान सुर्खेतकाे वीरेन्द्रनगर उपत्यका, बाँकेको नेपालगन्ज, दाङको घोराही, रुपन्देहीको भैरहवा र आसपासका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।
बिहानको हुस्सुरकुहिरो घाम लागेसँगै दिउँसोपछि हट्दै जाने मौसमविद्ले बताएका छन् । साथै पहाडी र हिमाली धेरै ठाउँमा आज बिहानैदेखि घाम लागेको छ । हिजो बेलुकादेखि ‘अर्नब’ चक्रवातको प्रभाव हटेसँगै मौसममा क्रमिक सुधार हुन थालेको हो ।
बङ्गालको खाडीमा विकसित ‘अनर्ब’ चक्रवातको प्रभावले बिहीबारदेखि निरन्तर वर्षा र हिमपात भएको थियो । यो अवधिमा धानबाली काट्ने, भित्र्याउने, पदयात्रा तथा अन्य गतिविधि प्रभावित भएका थिए । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्काअनुसार मौसम सुधार भएसँगै भोलि सोमबारदेखि धानबाली काट्ने, भित्र्याउनेलगायतका अन्य गतिविधि गर्न सकिनेछ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्ने छ भने हिमाली र पहाडी एकरदुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । पानी पर्न रोकिएसँगै मौसममा सुधार आए पनि सुर्खेत सहित देशका धेरै ठाउँमा चिसो बढेको छ ।


प्रतिक्रिया दिनुहोस्