२०८३ भदौ ११ , बिहीबार

नेपाल चिकित्सक संघको उपाध्यक्ष पदमा कर्णालीका डा. रविन खड्का निर्वाचित




सुर्खेत । नेपाल चिकित्सक संघको उपाध्यक्ष पदमा स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका निर्देशक डा. रविन खड्का विजयी भएका छन्। । संघको ३०औँ कार्यकारिणी चयनका लागि भएको निर्वाचनमा डा.खड्का उपाध्यक्ष (कर्णाली संयोजक) पदमा विजयी भएका हुन् ।
तीन प्यानल—‘टिम बद्री’, ‘टिम मंगल’ र ‘टिम रिफर्म’बीच प्रतिस्पर्धा भएको निर्वाचनमा अधिकांश पदमा रिजाल नेतृत्वको प्यानल विजयी भए पनि कर्णालीको संयोजकमा भने टिम मंगलका डा. खड्काले २४९० मत प्राप्त गर्दै जित निकाल्न सफल भएका हुन्। ।
यसैबीच, संघको अध्यक्षमा भने डा. बद्री रिजाल निर्वाचित भएका छन्।, उनले डा. मंगल रावललाई २५६ मतान्तरले पराजित गरेका हुन् । ७ हजार बढि मत खसेको निर्वाचनको अन्तिम मतपरिणामअनुसार रिजालले ३१९६ मत प्राप्त गरे भने रावलले २९४० मत ल्याए, अर्का उम्मेदवार डा. नारायणप्रसाद भुसालले ८६९ मत पाए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा डा। सञ्जीव तिवारी ३०३६ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी डा. कीर्तिपाल सुवेदीले २३०२ र डा. अजयकुमार मिश्रले १४२१ मत प्राप्त गरे। महासचिवमा डा. विश्वराज दवाडी २७२२ मतसहित निर्वाचित भए। डा. कालुसिंह खत्रीले २४२३ तथा डा। अमृत भुसालले १६४६ मत पाए।
प्रदेश संयोजक (उपाध्यक्ष) तर्फ कोशीमा डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा. सुवास भट्टराई, गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा. नन्दा कुमारी गुरुङ, कर्णालीमा डा. रविन खड्का र सुदूरपश्चिममा डा। प्रमोद जोशी विजयी भएका छन्।
सहसचिवमा डा. हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा. तेज्सु सिंह मल्ल निर्वाचित भए। कोषाध्यक्ष पदमा डा. संयुक्ता आचार्य विजयी भइन्। सदस्यमा डा. अमित झा, डा. राकेश साह, डा. पल्पसा श्रेष्ठ, डा. बिना श्रेष्ठ, डा. सुमित काफ्ले र डा. शेषराज घिमिरे निर्वाचित भएका छन् ।
निर्वाचन दुई चरणमा सम्पन्न भएको थियो। काठमाडौं उपत्यकाबाहिरको मतदान यसअघि नै सम्पन्न भएको थियो भने काठमाडौं उपत्यकाभित्र वैशाख १८ र १९ गते मतदान गरिएको थियो।
मतदानअघि अदालतको आदेशका कारण केही समय निर्वाचन प्रक्रिया स्थगित भएर पछि संशोधित कार्यतालिका अनुसार पुनः सुरु गरिएको थियो।

प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार
अरु पनि पढ्नुहोस्