२०८३ असोज २४ , शनिबार

क्यान सुर्खेतद्वारा सामुदायिक विद्यालयका शिक्षकलाई निशुल्क एआइ तालिम




सुर्खेत १९ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को अवसरमा क्यान महासंघ सुर्खेत शाखाले सुर्खेतस्थित सामुदायिक विद्यालयका शिक्षकहरुलाई एआइ सम्बन्धी निशुल्क तालिम दिएको छ ।
“सूचना प्रविधिको विस्तारः दिगो विकासको आधार” भन्ने मूल नारासहित शनिकार एआईसम्बन्धी एक दिने तालिम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि पूर्णदेव अधिकारीले सूचना प्रविधिको विकासले समाजको हरेक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको बताउँदै यस्ता तालिमले शिक्षक तथा युवाहरूलाई प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
विशेष अतिथि टेक बहादुर थापा र प्रेमप्रकाश चन्दले कृत्रिम बुद्धिमत्ता एआईको वर्तमान आवश्यकता, यसको प्रयोग र भविष्यका सम्भावनाबारे प्रकाश पार्दै यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
तालिमका प्रशिक्षक समेत रहेका शाखाका अध्यक्ष डीबी रानाले एआईको आधारभूत जानकारी, प्रयोगका क्षेत्र, शिक्षामा यसको उपयोग तथा डिजिटल युगमा यसको प्रभावबारे सहजीकरण गरेका थिए ।
कार्यक्रमले शिक्षकहरूले कक्षा शिक्षणलाई प्रभावकारी बनाउन डिजिटल माध्यमको प्रयोगमार्फत नयाँ प्रविधिसँग परिचित गराउनुका साथै सूचना प्रविधिप्रतिको रुचि र ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।
वीरेन्द्रनगर-६ स्थित अमेरिकन कर्नर हलमा आयोजित उक्त तालिममा विभिन्न सामुदायिक विद्यालयका शिक्षकहरू लगायत अन्य ३० जनाको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८३ वैशाख १९ गते शनिबार
अरु पनि पढ्नुहोस्