
काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन् । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो।
संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, मोहन आचार्य र भीष्मराज आङदेम्बे आकाक्षी बनेका थिए। संसदीय दलको नेतामा सहमति नभएपछि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिका तीन जना सदस्य रहने गरी सहमति खोज्ने समिति बनाइएको थियो।
आचार्य प्रत्यक्ष निर्वाचित सांसद हुन् भने केसी र आङ्देम्बे समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् । सभापति गगन थापाले आचार्य र उपसभापति शर्माले आङदेम्बेलाई संसदीय दलको नेता बनाउन लबिङ गरेका थिए। निवर्तमान सभापति शेरबहादुर देउवानिकट रहेका नेता आङदेम्बेलाई दलको नेता बनाउँदा डा. शेखर कोइराला र निवर्तमान उपसभापति खड्का लगायत पक्षलाई पनि समेटिने नेताहरुको विश्वास छ। सोही अनुसार आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्