२०८३ वैशाख १६ , बुधबार

फेरि तीन लाख नाघ्यो सुनको मूल्य



काठमाडौं : नेपाली बजारमा आज (सोमबार) सुन -चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यावसायी महासंघका अनुसार आज सुन प्रतितोला १३ सय रुपैँयाले बढेको हो ।

यससँगै आज सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्यपनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । योसँगै आज चाँदी प्रतितोला ५ हजार ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी ४ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८३ वैशाख १४ गते सोमबार
अरु पनि पढ्नुहोस्