२०८३ वैशाख ५ , शनिबार

मानव मलमुत्रजन्य फोहोर व्यवस्थापनको योजना बनाउँदै कर्णालीका स्थानीय तह



सुर्खेत — सरसफाइमा चुनाैतीका रुपमा रहेकाे मानव मलमुत्रजन्य फाेहोर व्यवस्थापनका लागि कर्णालीका विभिन्न स्थानीय तहहरुले योजना बनाउन थालेका छन।
सबैका लागि दिगो सरसफाई सुनिश्चित गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको सुस्वा (SUWAS) कार्यक्रम सञ्चालन भएका कर्णाली प्रदेशका २८ वटा गाउँपालिका तथा नगरपालिकाले यस्तो योजना बनाउन लागेका हुन । मानव मल मुत्र व्यवस्थापन तथा स्थानीय तहको वास इकाइ सम्बन्धमा अन्तरक्रिया तथा सिकाइ आदान प्रदान गर्न २८ वटै पालिकाका प्रतिनिधिहरु शनिबारदेखि वीरेन्द्रनगरमा जम्मा भएका छन । दुइ सम्म सञ्चालन हुने उक्त कार्यक्रममा पदाधिकारी प्रमुख प्रशासकीय अधिकृत र वास इकाइ प्रमुखहरु सहभागी छन ।
कार्यक्रममा मानव मलपुत्र जन्य फोहोर व्यवस्थापनकाे चरणबद्ध कार्यान्वयन प्रक्रिया स्थानीय तहहरुको वास इकाइको संगठन व्यवस्थापनमा भएका हालसम्मको प्रगती हाल देखिएका चुनाैतीहरु माथि छलफल हुने सुस्वाका सरसफाइ सुशासन विज्ञ निराजन श्रेष्ठले जानकारी दिए ।


कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका प्रदेश सचिव डा. योगेन्द्र मिश्रले मानव मलमुत्र व्यवस्थापन
अत्यन्त महत्वपूर्ण विषय भएको उल्लेख गर्दै यसले विभिन्न रोगहरू न्यूनीकरण गर्न मद्दत गर्ने बताए। उनले परियोजना सम्पन्न भएपछि पनि यसको दिगोपनाका लागि स्थानीय सरकारको प्रमुख भूमिका रहने स्पष्ट पारे ।
खानेपानी तथा ढल निकास विभाग अन्तर्गतको सेवा नियमन तथा समन्वय महाशाखा उप महानिर्देशक लक्ष्मी उपाध्यायले हरेक पालिकाले दिगो सरसफाई प्रवर्द्धन गर्ने लक्ष्यसहित आगामी पाँच वर्षभित्र प्रत्येक पालिकाको कम्तीमा एक बजार क्षेत्रमा सुरक्षित सरसफाई केन्द्र स्थापना गर्नेगरी लाग्न सुझाव दिए । त्यसकाे लागि विभागले पनि आवश्यक सहयोग गर्ने उनले बताए ।
सुस्वाका टिम लिडर मारियो मिलानेसीले सरसफाईलाई दीगो बनाउन संस्थागत संरचना सुदृढ गर्दै स्थानीय तहसँग सहकार्य आवश्यक रहेको बताएका छन्। उनले सरसफाई सेवा विस्तार मात्र नभई त्यसको दीगोपनामा समेत ध्यान दिनुपर्नेमा जोड दिए ।
त्यस्तै, कार्यक्रममा सरसफाई क्षेत्रलाई दीगो बनाउने उपायहरू, संस्थागत संरचना सुदृढीकरण तथा स्थानीय तहको जिम्मेवारीबारे समेत छलफल गरिने छ । गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष एवं हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले सरसफाई क्षेत्रमा सुस्वासँगको सहकार्यले स्थानीय तहलाई काम गर्न सजिलो भैरहेको बताए ।

कार्यक्रममा नगरपालिका स‌ंघका सचिवालय सदस्य एवं भेरी नगरपालिका जाजरकाेटका प्रमुख चन्द्र प्रकाश घर्तीले सुस्वासँगको सहकार्यले सरसफाई सम्बन्धी योजना निर्माण तथा कार्यान्वयनमा ठोस सहयोग पुगेको बताए। स्थानीय तहमा सरसफाईका कार्यक्रम प्रभावकारी बनाउन साझेदारीले महत्वपूर्ण सहयाेग पुगेकाे उनको भनाइ थियो।

प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार
अरु पनि पढ्नुहोस्