२०८३ वैशाख ५ , शनिबार
संस्था दर्ता ऐन, २०८० मा पहिलो संशोधन

भेरीगंगा नगरपालिकाले गर्‍यो पहिलो पटक संस्था दर्ता ऐन संशोधन, समूह दर्ता गर्ने बाटो खुल्यो

संशोधित बजेटमा शिक्षा र स्वाथ्यको क्षेत्रलाई प्राथमिकता


नवराज रोकाय
सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाको १८औँ नगरसभाले नीतिगत निर्णय गर्दै संस्था दर्ता ऐन, २०८० मा पहिलो संशोधन गरेको छ। यसअघि संस्था दर्ता र प्रमाणपत्रमा मात्र सीमित रहेको ऐनलाई विस्तार गर्दै अब समूह दर्ता पनि गर्न मिल्ने प्रावधान लागू गरेको हो।
बुधबारको नगरसभामा नगर उपप्रमुख धनसरा बोहोराले संस्था दर्ता ऐनको पहिलो संशोधनसहित संशोधित बजेट वक्तव्य प्रस्तुत गर्दै संशोधित बजेटमा शिक्षा र स्वाथ्यको क्षेत्रलाई प्राथमिकता दिएको बताईन् । संशोधित बजेटमािथ पाँच जना कार्यपालिका सदस्यहरूले सुझाव समेत पेश गरेका थिए।
उठेका सुझावमाथि प्रतिक्रिया दिँदै नगरप्रमुख यज्ञप्रसाद ढकालले पालिकामा रहेका संघीय सरकारसँग सम्बन्धित योजनाहरूको कार्यान्वयनमा चुनौती रहेको बताए ।
नगरप्रमुख ढकालले नगरभित्रका कतिपय योजनामा संघीय सरकारको दायित्व भए पनि संघीय सरकारको व्यवास्थाका कारण नगरपालिकाले संघीय सरकारको दायित्व वापतको रकम पनि तिर्नुपरेको गुनासो गरे ।
उनले नगरपालिका भित्रका योजनाहरू अलपत्र नपरोस् भन्ने उद्देश्यले संघिय योजनालाई पनिपूर्णता दिन नगरपालिकाले बजेट आवश्यकतानुसार विनियोजन गरेको जानकारी दिए । प्रमुख ढकालले कुनै आग्रह वा पूर्वाग्रह नराखी आवश्यकता र प्राथमिकताको आधारमा मात्र बजेट छुट्याइएको बताउदै हाल संशोधित बजेटमा पनि सोहि कुरा लागु गरीएको स्पस्ट पारे ।
नगरपालिकाको १८औँ नगरसभाले चालु आर्थिक वर्षको विनियोजित बजेटको समपूरक कोषतर्फको ३० लाख, खानेपानी तथा अन्य समपूरक कार्यक्रमतर्फ ४० लाख, भूमि व्यवस्थापनतर्फ ४० लाख र भैपरी खर्चतर्फ १५ लाख रुपैयाँ पुनःसंयोजन गरी कुल १ करोड २५ लाख रुपैयाँ २४ वटा योजनामा विनियोजन गरेको छ। यी योजनामा सिँचाइ कुलो, भवन निर्माण, सडक तथा नाला निर्माणलगायतका कार्यहरू समावेश गरिएका छन्।् । समपूरक कोषअन्तर्गत बाँकी १५ लाख भुक्तानी र थप १८ लाख गरी कुल ३३ लाख रुपैयाँ खानेपानी मर्मत, कुलो मर्मत र चौतारा निर्माणलगायत आठ वटा योजनामा पुनःविनियोजन गरिएको छ।
यस्तै, वडा नं ७ अन्तर्गतको डोटेरह खेतगाडी गैराटोलको ३ लाख रुपैयाँ बराबरको कुवा निर्माण योजना संसोधन गरी तीन शीर्षकमा विभाजन गरिएको छ। कुवा निर्माण, खानेपानी पाइप जडान र मोटर पाइप व्यवस्थापन शीर्षकमा छुट्टाछुट्टै कार्यान्वयन गरिने भएको छ।

प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार
अरु पनि पढ्नुहोस्