२०८३ वैशाख ५ , शनिबार

उद्योग वाणिज्य महासंघ कर्णालीमा रावत




सुर्खेत । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको अध्यक्षमा धन बहादुर रावत चयन भएका छन् ।
सोमबार वीरेन्द्रनगरमा सम्पन्न नवौँ प्रदेश सभाबाट रावतको नेतृत्वतमा सर्वसंवत रुपमा नयाँ कार्यसमिति चयन भएको हो ।
उपाध्यक्षमा जिल्ला नगर तर्फबाट सुधन श्रेष्ठ, एशोसिएटबाट कुल बहादुर वि.क. र बस्तुगतबाट प्रेम बहादुर भण्डारी चयन भएका छन् । यस्तै कोषाध्यक्षमा कमल नेपाल तथा सदस्यहरुमा लक्ष्मि कार्की, कुमार प्याकुरेल, राजेन्द्र बहादुर भण्डारी, पबित्रा खडका, दिपेन्द्र बहादुर खडका, सुन्दर शाही र सरिता रावल चयन भएको मुख्य निर्वाचन अधिकृत बिवश कुमार वस्नेतले जानकारी दिए । नव निर्वाचित अध्यक्ष रावतले निजि क्षेत्रको व्यावसायिक विकासका लागि संस्थागत पहल कदमी गर्ने बताएका छन् । उनले प्रदेश तहमा बन्ने नीति नियम, निजी सरकारी तथा सार्वजनिक साझेदारी कार्यक्रमहरुका लागि व्यावसाय मैत्री बनाउन पहल गर्ने तथा केन्द्रसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने बताए । कर्णाली प्रदेशको आर्थिक विकासका लागि निजी क्षेत्रका तर्फबाट योगदान गर्न कर्णालीमा लगानी भित्र्याउनका लागि पनि पहल गर्ने रावतको भनाई छ ।

प्रकाशित मिति : २०८२ चैत २३ गते सोमबार
अरु पनि पढ्नुहोस्