
सुर्खेत — कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त भएका रविन्द्र चन्दले आज मंगलबारदेखि पदभार सम्हालेका छन् ।
प्रादेशिक रंगशाला भित्र रहेको सदस्य सचिवको कार्यालयमा पदभार ग्रहणपछि सदस्य सचिव चन्दले २ वटा निर्णयमा हस्ताक्षर गरेका छन् ।
प्रदेश रंगशाला निर्माण सम्पन्न गरी निर्माण व्यावसायीबाट हस्तान्तरण गराउने तथा सञ्चालनका लागि कार्यविधि तयार गर्ने र कर्णाली स्पोटर्स कार्नेवल्स आयोजना गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन ।
सदस्य सचिव चन्दले विभिन्न खेल गतिविधि सञ्चालन गरी रंगशालालाई आत्मनिर्भर बनाउने योजना रहेको बताए ।
उनले एक हप्ताभित्र समिति गठन गरी रंगशाला निमार्णको वास्तविक तथ्यांक संकलन गर्ने र रंगशालाको कामको वास्तविक अवस्था मूल्यांकन गर्ने बताएका छन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता विगतमा पटक–पटक सर्दै आएकोमा उनले अब केन्द्र सरकार र प्रदेश खेलकुद परिषद् दुवैले पूर्णता पाइसकेको अवस्था रहेकाले खेलका लागि संघीय सरकारले समय तोकेको खण्डमा निर्घारण गरकोे समयमा नै खेल हुने गरी आफनो तर्फबाट काम अगाडि बढाउने प्रतिबद्धता पनि गरेका छन् ।
यसअघि सोमबार नवनियुक्त पदाधिकारीहरूले प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी समक्ष गोपनीयताको शपथ लिएका थिए । परिषद्का नवनियुक्त पदाधिकारीहरूमा सदस्य सचिव रविन्द्र चन्द, उपाध्यक्ष प्रमोद हमाल तथा सदस्यहरू पंखबहादुर मल्ल, भीमकुमारी भुसाल, गोर्खबहादुर शाही, पवनकुमार थापा र किरणकिशोर सापकोटा रहेका छन्।
प्रकाशित मिति : २०८२ चैत १७ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्