२०८३ वैशाख ५ , शनिबार

प्रधानमन्त्री कप : मधेसविरुद्ध कर्णालीको खराब सुरुवात



जनकपुरस्थित रामजानकी मैदानमा भइरहेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले मधेस प्रदेशविरुद्ध ब्याटिङ सुरु गरेको छ। टस जितेर ब्याटिङ रोजेको कर्णालीले चार ओभरमा दुई विकेट गुमाउँदै १५ रन जोडेको छ।

कर्णालीका सुनिल धमला १ रनमा आउट भएका छन् भने अरविन्द घर्ती शून्यमा आउट भए। मधेसका बलर विशाल पटेल ले दुबै विकेट लिएका हुन्।

मधेसको कप्तान अनिल साह र कर्णालीका कप्तान दिवन पुन हुन्। मधेस प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ। अंकतालिकाको शीर्ष ३ मा रहेकाले मधेसले तीन खेलमा दुई जीत र एक खेल नतिजाविहीनपछि अंक बाँडेको छ।

कर्णाली भने छैठौं स्थानमा रहेको छ। तीन खेलमा एक जीत, एक हार र एक खेल नतिजाविहीन हुँदा कर्णालीसँग हाल तीन अंक छ।

प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार
अरु पनि पढ्नुहोस्