२०८३ असोज २५ , आइतबार

मध्यपूर्व तनावको असर : तेल महँगिँदै, विश्व अर्थतन्त्रमा दबाब



मध्यपूर्वमा बढ्दो तनावले विश्व अर्थतन्त्रमा दबाब बढाउन थालेको छ। अमेरिका–इजरायल र इरानबीचको तनाव चर्किँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको हो।

सोमबार एसियाली बजार खुल्नेबित्तिकै तेलको मूल्य उल्लेख्य रूपमा बढ्दै प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ। ब्रेन्ट क्रुड आयलको मूल्य करिब २.९ प्रतिशतले बढेर ११५.८४ डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विशेषज्ञहरूका अनुसार मध्यपूर्वमा सैन्य गतिविधि बढ्दै जानु, इरान समर्थित हूती समूहको संलग्नता र अमेरिकाको थप सैन्य परिचालनले बजारमा अनिश्चितता बढाएको छ। सम्भावित लामो द्वन्द्वको त्रासले लगानीकर्ताहरूलाई झनै सतर्क बनाएको छ।

यसको प्रत्यक्ष असर विश्वव्यापी इन्धन आपूर्तिमा पर्न थालेको छ भने मूल्यमा उतारचढाव तीव्र देखिन थालेको छ। तेलको मूल्य बढेसँगै यातायात, उत्पादन र उपभोग्य वस्तुहरूको मूल्यसमेत बढ्ने चिन्ता बढेको छ।

प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार
अरु पनि पढ्नुहोस्