२०८३ वैशाख ४ , शुक्रबार

सम्पादकीय,
सूचना प्रविधिको तीव्र विकास भएको वर्तमान युगमा मल्टिमिडिया प्लेटफर्म मार्फत सत्य, तथ्यपरक र निष्पक्ष सूचना प्रवाह गर्ने उद्देश्यका साथ सूचनामार्ग डटकम लिएर हामी तपाईंमाझ आएका छौँ ।

हामी केवल सूचना दिने माध्यमहरूको भीडमा अर्को भीड थप्न आएका होइनौँ । भ्रामक र मिथ्या सूचनाको महामारीजस्तै बनेको आजको इन्फोडेमिक समयलाई चिर्दै सही, विश्वसनीय र तथ्यपरक सूचना दिने मार्गका रूपमा अघि बढ्न आएका हौँ ।

पत्रकारिताको मूल धर्म—सत्यता, सन्तुलन र विश्वसनीयतालाई हामी सधैँ शिरोपर गर्नेछौँ । कसले पहिला सूचना दिने भन्ने होडबाजीबीच पनि हामी सही र प्रमाणित सूचना दिने आफ्नो धर्मबाट विचलित हुने छैनौँ ।

मिथ्या र भ्रामक सूचनाको चिरफार गर्दै सत्य उजागर गर्नु हाम्रो प्राथमिकता हुनेछ । आम मानिसका सरोकारका विषयलाई सधैँ पहिलो प्राथमिकतामा राख्दै हामी सत्ता र शक्तिको आडमा हुने भ्रष्टाचार, कुशासन र विकृतिविरुद्ध निरन्तर खबरदारी गर्नेछौँ ।

हामी हाम्रो यात्रा अघि बढाउँदै जाँदा तपाईंका रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रियालाई मार्गदर्शनका रूपमा ग्रहण गर्नेछौँ ।
तपाईं हामीसँग यीनै डिजिटल माध्यमहरूमा जोडिइरहनुहोला । हामी सत्य, तथ्य र निष्पक्ष सूचनामार्फत तपाईंलाई सधैँ जोडिराख्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

 

प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार
अरु पनि पढ्नुहोस्