२०८३ वैशाख ४ , शुक्रबार

आज रातिदेखि यी क्षेत्रमा चट्याङ्गसहित असिना, पानी र हिउँ पर्ने संभावना, सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाकाे अनुराेध



सुर्खेत । कर्णाली प्रदेशमा आज रातिदेखि आगामी चैत्र ६ गतेसम्म मौसम बदली भई पहाडी र हिमाली क्षेत्रमा पानी र हिउँ पर्ने सम्भावना रहेको छ।

आज राति कर्णालीका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी र हिउँ पर्ने अनुमान गरिएको छ।

भोलि प्रदेशका धेरै स्थानमा मौसम सक्रिय रहनेछ। पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम पानी र हिउँ पर्ने सम्भावना छ।

यस्तै ६ गते शुक्रबार कर्णालीका धेरै स्थानमा पानी र हिउँ पर्ने सम्भावना अझ बढ्ने देखिएको छ। केही स्थानमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम पानी पर्ने अनुमान छ।
मौसम पूर्वानुमान महाशाखाले चट्याङ्ग, असिना र पानी/हिउँबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार
अरु पनि पढ्नुहोस्