
इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता अली लारिजानीको मृत्यु भएको दाबी गरेका छन्।
एक विज्ञप्ति जारी गर्दै काट्जले एक वरिष्ठ इरानी सुरक्षा अधिकारीको मृत्यु भएको बारेमा जानकारी गराएका हुन्। यद्पि दुई इरानी मिडिया च्यानल ुतस्निमु र ुमेहरु समाचार एजेन्सीले अली लारिजानीले चाँडै सन्देश जारी गर्ने दाबी गरेका छन्।
अली लारीजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रभावशाली सचिव हुन्। उनलाई राष्ट्रपति मसूद पेजेश्कियानले अगस्ट २०२५ मा परिषद्को सचिव नियुक्त गरेका थिए।
प्रकाशित मिति : २०८२ चैत ३ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्