२०८३ वैशाख ५ , शनिबार

समानुपातिक उमेद्वार छान्न कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक




काठमाण्डाैं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

समानुपातिक उम्मेदवारलाई सिट संख्याको आधारमा क्लष्टर मिलाएर प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल गर्न काँग्रेसले आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बैठक बोलाएकाे हाे । कांग्रेस १८ सिट प्रत्यक्षमा र २० सिट समानुपातिकमा विजयी भएको छ।

निर्वाचन आयोगले आइतबारभित्र सांसदको सूची बुझाउन दलहरुलाई निर्देशन दिएको छ।

प्रकाशित मिति : २०८२ फागुन ३० गते शनिबार
अरु पनि पढ्नुहोस्