
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाको १८ औँ अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशले शिक्षा क्षेत्र तथा विकाससम्बन्धी विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको गाउँपालिकाले जनाएको छ।
सभाले शिक्षा ऐन संशोधन गर्ने निर्णय गरेको छ। यसअन्तर्गत विद्यालयहरूको प्रभावकारी व्यवस्थापनका लागि विद्यालय मर्ज गर्ने तथा शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरिएको छ।
त्यसैगरी गाउँसभाले वास इकाई निर्माण, आवश्यक योजनामा रकमान्तर गर्ने निर्णय पनि गरेको छ।
अधिवेशनबाट हेलो धारा परियोजना कार्यविधि २०८२ स्वीकृत गरिएको छ भने परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि परियोजना व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँ अधिवेशन भएका निर्णयहरूले शिक्षा, खानेपानी तथा स्थानीय विकासका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास गरिएको गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले बताए ।
प्रतिक्रिया दिनुहोस्