२०८३ असोज २४ , शनिबार

युवाहरूका लागि वृत्ति विकास सम्बन्धी तालिम



सुर्खेत ।

सेभ द चिल्ड्रेनको साझेदारी तथा समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतद्वारा सञ्चालित UPLIFT परियोजना अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाका वडा नं. ७, ९, १० र १२ का १८ देखि २४ वर्षका ३० जना युवाहरूका लागि वृत्ति विकास योजना, वृत्ति परामर्श तथा साइकोमेट्रिक परीक्षणसम्बन्धी तालिम सम्पन्न भएको छ।

वीरेन्द्रनगर नगरपालिका वडा न ६ होटल नमस्ते नेपालमा सम्पन्न तालिममा सहभागी युवाहरूलाई आफ्नो रुचि, क्षमता, दक्षता तथा व्यक्तित्व पहिचान गरी उपयुक्त  सीप, रोजगारी तथा वृत्ति छनोट गर्न आवश्यक ज्ञान तथा जानकारी प्रदान गरिएको थियो।

तालिममा वृत्ति विकास योजना निर्माण, वृत्ति परामर्श तथा साइकोमेट्रिक परीक्षणका विभिन्न पक्षबारे सहजीकरण गरिएको थियो।तालिमको प्राविधिक सहयोग  हेल्भेटास नेपालद्वारा सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजना र तालिकको सहजीकरण वृति मार्ग निर्देशन सेवा केन्द्रकी करियर काउनसेलर  गंगा श्रेष्ठ गरेकी थिइन ।

तालिमबाट युवाहरूले आफ्नो क्षमता, रुचि र सम्भावनाको पहिचान गरी भविष्यमा उपयुक्त वृत्ति तथा रोजगारीको क्षेत्र छनोट गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

​तालिमको समापनमा बोल्दै सँस्थाकी उपाध्यक्ष गंगा गुरुङ्गले  युवाहरुलेतालिममा सिकेका कुराहरु लागु गरी आफुले सन्चालन  गर्ने व्यवसायमा सहयोग पुग्ने विश्ववास व्यक्त गरिन ।

यिनै युवाहरुलाई २ दिने युवाहरूका लागि हरित रोजगार,उद्यमशीलता तथा वातावरण मैत्री प्रविधि र अभ्यास सम्बन्धी तालिम पनि असोज १९ र २० गते सम्पन भयको थियो ।

परियोजनाले युवामा सिकाइ तथा सीप विकाससँगै नवप्रवर्तन, प्रविधिको प्रयोग र भविष्यका अवसरका लागि आवश्यक तयारीमा सहयोग गर्ने लक्ष्य लिएको परियोजनाका अनुगमन तथा मूल्यांकन संयाेजक गगन खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार
अरु पनि पढ्नुहोस्