२०८३ असोज २५ , आइतबार

आज पनि एक-दुई ठाउँमा हावाहुरी र असिनासहित ठूलो पानी पर्ने




सुर्खेत । आज विहानै देखि सुर्खेत लगाएत आसपासका जिल्लाहरुमा हल्का देखि मध्यम खालको पानी परिरहेको छ । दिउसोपछि भने कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भाग तथा बागमती र गण्डकी प्रदेशको पहाडी एक-दुई ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित ठूलो पानीपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिमाली थोरै ठाउँ र पहाडी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ । आज चितवनबाट पश्चिमतर्फ कैलालीसम्मका धेरै ठाउँमा हावाहुरीसहितको असिनापानी पर्न सक्ने देखिएको त्रिभुवन विश्वविद्यालय मौसम विभागका सहप्राध्यापक विनोद पोखरेलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

छोटो समयमै मौसम फेरबदल हुने र हावाहुरी तथा असिनाबाट सम्भावित क्षतिका लागि चनाखो रहन उनले आग्रह समेत गरेकाछन् । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आजदेखि पर्सि शुक्रबारसम्म केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

 

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधबार
अरु पनि पढ्नुहोस्