सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा दैलेखका अधिवक्ता सर्वराज जोशी नियुक्त भएका छन्। प्रदेश सरकारको सिफारिसमा उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो।
नवनियुक्त मुख्य न्यायाधिवक्ता जोशीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपालको संविधानअनुसार मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार हुन्। मुख्य न्यायाधिवक्ताले प्रदेश सरकारलाई कानुनी राय–सल्लाह दिने तथा प्रदेश सरकारका तर्फबाट अदालतमा प्रतिनिधित्व गर्ने व्यवस्था छ।
प्रकाशित मिति : २०८३ असोज १९ गते सोमबार


प्रतिक्रिया दिनुहोस्