कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यू भएको छ । गौरीगङ्गा नगरपालिका–६ मा रहेको भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय ४० वर्षीय कृष्ण चौधरीको मृत्यू भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ।
प्रहरी कार्यालय अनुसार बिहान ५ बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए । च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । उनीसँगै गएका अरु दुई जनाले भने भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रबार


प्रतिक्रिया दिनुहोस्