२०८३ असोज २४ , शनिबार

भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य



राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिशमा राष्ट्रपति पौडेलले भोलि राति १२ बजेदेखि लागू हुने गरी सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले निकालेको विज्ञप्तिमा २०८३ साल असोज १६ गते शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको उल्लेख छ ।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहीबार
अरु पनि पढ्नुहोस्