काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्।काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले महाराजगञ्जमा रहेको निवासबाट उनलाई गएराति पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुको आधिकारीक कारण खुलेको छैन । तर जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको कार्यालयले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
२०७५ साल पुस १७ मा प्रधानन्यायाधीश बनेका उनिविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो । त्यसपछि निलम्बनमा परेका थिए । महाअभियोग लामो समयसम्म संसद्मा अलपत्र भएको थियो । संसद्को अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले महाभियोग निष्क्रिय भएको पत्र लेखेका थिए । संसद् सचिवालयका तत्कालीन महासचिवको सफाइ पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । पछि सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो ।


प्रतिक्रिया दिनुहोस्